ad ad

समाज


हरिवनमा ८ वटा बाल क्लबबीच हाजिरी जवाफ प्रतियोगिता

हरिवनमा ८ वटा बाल क्लबबीच हाजिरी जवाफ प्रतियोगिता

नेपालखबर
पुस १५, २०८० आइतबार १०:२, सर्लाही

सर्लाहीको हरिवनमा स्थानीय ८ वटा बाल क्लवबीच हाजिरी जबाफ प्रतियोगिता गरिएको छ। 

हरिवन-८ बेतालीमा रहेको जन जागृति टोल विकास संस्थाले शनिबार गरेको वडास्तरीय हाजिरी जवाफ प्रतियोगितामा चापिनी बाल क्लब पहिलो भएको छ।

त्यसैगरी पुरानोबजार बाल क्लब दोस्रो र हनुमान टोल बाल क्लव तेस्रो भएका जनजागृति टोल विकास संस्थाका अध्यक्ष रामहरी घिमिरेले जानकारी दिए। 

कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने बाल क्यव र प्रतियोगितामा सहभागी बालबालिकालाई पुरस्कृत गरिएको थियो। 

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, जनजागृति मावि बेतालीका अध्यक्ष बिनोद भट्टराई, कमल घिमिरे लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .