समाज


सर्लाहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ

सर्लाहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ

नेपालखबर
माघ २३, २०८० मंगलबार ९:५७, सर्लाही

सर्लाहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ परेका छन्।

बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका- ७ चिताइनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

‘गएको शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर चौधरीले पीडित बालिकाको घरमै गएर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको छ,’ सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले भने, ‘चौधरीलाई १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ।’

बालिकाले टीभीको रिमोट बिग्रिएको भन्दै बनाउन बोलाएपछि चौधरी बालिकाको घरमा पुगेका थिए। घरमा कोही नभएको थाहा पाएपछि उनले बालिकालाई जबर्जस्ती करणी गरेका प्रहरीको भनाई छ। 

साँझ कामबाट घरमा फर्किएका अभिभावकले बालिकालाई रोहिरहेको अवस्थामा देखेपछि सोधीखोजी सुरु गरेका थिए।

बालिकाले अभिभावकलाई घटनाको जानकारी गराएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। उनलाई शनिबार राति घरैबाट पक्राउ गरिएको डीएसपी पञ्जियारको भनाई छ। 

पक्राउ परेका चौधरी श्रीमती र छोराछोरी भएका व्यक्ति हुन्। उनी शारीरिक रुपमा अपांगता भएका व्यक्ति भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .