ad ad

समाज


कैलालीका ९ स्थानीय तहमा आज सार्वजनिक बिदा

कैलालीका ९ स्थानीय तहमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८१ शुक्रबार ७:३९, काठमाडौँ

कैलालीका नौवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। 

आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्व परेकाले बिदा दिने निर्णय भएको ती स्थानीय तहले जनाएका छन्। 

‘हिन्दुले मनाउने नागपञ्चमी, थारु समुदायको गुरिया, कठरिया थारुको पचइया र विश्व आदिवासी दिवस परेकाले आज बिदा दिएका हौँ,’ भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले भने। 

धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .