नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि कुस्तीतर्फ मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनौट भएका छन्।
मंगलवार जनकपुरधामस्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहका १५ खेलाडी छनौट भएका हुन्।
छनौटमा पर्ने खेलाडीहरुमा ५७ केजी समूहमा बाराका अमरेन्द्र यादव, ६१ केजी समूहमा अमरेश कुमार यादव, ६५ केजीमा अर्जुन कुमार साह, ७४ केजीमा मुक्तार आलम, ७९ केजी समूहमा बुनिलाल राउत र १२५ केजी समूहमा राज यादव रहेका छन्।
यस्तै, ७० केजीमा पर्साका मनोज यादव, ८६ केजीमा लाल बहादुर यादव, ९२ केजीमा अवधेश यादव र ९७ केजीमा राजेश यादव छनोट भएका हुन्।
त्यस्तै, महिलातर्फ पाँच वटा तौल समूहका खेलाडी छनौट भएका छन्।
५० केजी तौल समूहमा बाराकी गिता यादव, ५३ मा पर्साकी मधुकुमारी, ५५ मा बाराकी प्रमिला, ५७ मा बाराकै किरण यादव र ६२ केजीमा पर्साकी निलम कुमारी छनौटमा परेका छन्।
Shares
प्रतिक्रिया