इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टी२० क्रिकेटमा ६ विकेटका जित हात पारेको छ।
१७ वर्षपछि पकिस्तानी भूमिमा क्रिकेट खेलेको इंग्याण्डले सात खेलको सिरिजमा १–० को अग्रता लिएको हो।
मंगलबार भएको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५८ रन बनाएको थियो।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ६८ रनको पाली खेलेका थिए।
इंग्ल्याण्डका लागि ल्युक वुडले अदिल रसिदले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले एलेक्स हल्सले ५३ रन बनाए भने ह्यारी ब्रूकले अविजित ४२ रन बनाए।
63
Shares
प्रतिक्रिया