यूईएफए ए नेसन्स लिगमा पोल्यान्डलाई हराउँदै नेदरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लेको छ। बिहीबार राति भएको ग्रुप ए ४ को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० गोल अन्तरले हराएको हो।
नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले एक एक गोल गरे। खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको नेदरल्यान्डले दोस्रो हाफमा १ गोल थप्यो।
खेलको १३औँ मिनेटमा कोडे गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
लिगमा अपराजित रहेको नेदल्यान्डले ५ खेलबाट १३ अंक जोडेको छ। ४ अंक भएको पोल्यान्ड चौथो स्थानमा छ। बेल्जियम १० अंकमा दोस्रो स्थानमा हुँदा १ अंक मात्र भएको वेल्स तालिकाको पुछारमा छ।
गएराति नै भएको यही समूहको अर्को खेलमा बेल्जियमले वेल्सलाई २–१ ले हराएको छ।
Shares
प्रतिक्रिया