अष्ट्रेलियाविरुद्धको दोस्रो टी२० क्रिकेटमा भारतले ६ विकेटको जित हात पारेको छ।
शुक्रबार राति वर्षाले प्रभावित बनेको खेलमा आठ ओभरमा ९१ रनको लक्ष्य पाएको भारतले ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
आठ ओभरमा छोट्याइएको खेलमा पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले आठ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो।
अष्ट्रेलियाका लागि आरोन फिन्चले ३१ रन बनाएका थिए भने म्याथ्यु वेडले ४३ रनको पाली खेलेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले सात ओभर २ बल खेल्दै लक्ष्य पूरा गर्यो।
भारतका लागि रोहित शर्माले अविजित ४६ रन बनाए।
यससँगै तीन खेलको सिरिजमा भारतले १–१ को बराबरी गरेको छ।
63
Shares
प्रतिक्रिया