यूईएफए नेसन्स कप लिगअन्तर्गत शनिबार राति भएको खेलमा स्वीट्जरल्याण्डले स्पेनमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा स्वीटजरल्याण्डलाई जित दिलाउने क्रममा खेलको २१ औं मिनेटमा म्यानुअल अकान्जीले र खेलको ५८ औं मिनेटमा ब्रील एम्बोलोले १/१ गोल गरेका थिए।
खेलको ५५ औं मिनेटमा स्पेनका लागि जोर्डी अल्बाले एक गोल फर्काए पनि टोलीको हार भने टार्न सकेनन्।
जारी लिगमा स्पेनको लागि यो पहिलो हार हो। समूह बीमा रहेको स्पेनले ५ खेलबाट ८ अंक हात पारेको छ।
69
Shares
प्रतिक्रिया