फरवर्ड अन्जन विष्टको हया्ट्रिकमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले ३-० को अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ। नेपालका लागि तीनै गोल विष्टले गरे।
१८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो। विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विपक्षी खेलाडीले फउल गरेपछि नेपालले फ्रिकीक पाएको थियो।
खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछि आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे।
३८ औँ मिनेटमा अन्जनले ह्याटिक पुरा गरे।
30
Shares
प्रतिक्रिया