अञ्जन विष्ट नेपाली राष्ट्रिय टिमका लागि ह्याट्रिक गर्ने खेलाडीको छैटौँ खेलाडी बनेका छन्।
घरेलु भूमिमा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध रवाफिलो प्रदर्शनका क्रममा पहिलो हाफमै अञ्जनले ह्याट्रिक गरेका छन्।
पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेको बंगलादेशविरुद्ध घरेलु भूमि र समर्थकको साथ पाएको नेपालले रफाव जमाएको हो।
यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले राष्ट्रिय टिमका लागि ह्याट्रिक गरेका थिए।
99
Shares
प्रतिक्रिया