दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेटेरान टेबल टेनिस प्रतियोगिता आगामी मंसिर पहिलो साता हुने भएको छ।
अखिल नेपाल टेबल टेनिस संघको तत्त्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता हुनलागेको हो।
प्रतियोगिता भैँसेपाटीमा रहेको एपीएम क्लबमा मंसिर १ देखि ३ गतेसम्म हुनेछ।
यसको लागत १२ लाख ५० हजार हुने अनुमान छ। प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रयोजन गर्नेछ। कुल अनुमानित लागतको ४० प्रतिशत रकम क्लबलाई सिओम नेपालले बुझाउनेछ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीले पनि सहभागिता जनाउनेछन्। विजेतालाई साढे ४ लाख पुरस्कार राशी राखिएको प्रतियोगितामा ४० वर्षमाथि भेट्रान्स सिंगल्स, ५० वर्षमाथि मेन्स भेट्रान सिंगल्स, ६० वर्षमाथि मेन्स भेट्रान सिंगल्स, ४० वर्षमाथि वुमन्स भेट्रान्स सिंगल्स र मेन्स भेट्रान्स टिम गरेर ५ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
५ स्पर्धाको विजेता खेलाडीलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, २० र १० हजार नगद दिइने आयोजकले जनाएको छ।
Shares
प्रतिक्रिया