ad ad

खेल


गएकाे वर्ष एन्फाको आम्दानी २६ करोड ८३ लाख

गएकाे वर्ष एन्फाको आम्दानी २६ करोड ८३ लाख

नेपालखबर
असोज १२, २०७९ बुधबार १९:३८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक वर्ष २०७८–७९ मा २६ करोड ८३ लाख २१ हजार ९४ रुपैयाँ आम्दानी गरेको छ। 

प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा ४० करोड ६७ लाख ६७ हजार ८ सय ४२ रुपैयाँ खर्च गरेको छ। एन्फाको बुधबार भएको विशेष साधारण सभाले आर्थिक वर्ष ०७८–७९ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो। 

यस्तै अर्थिक वर्ष ०७७–७८ को लेखा परीक्षण प्रतिवेदन पनि पास गरेको छ। प्रतिवेदन अनुसार २५ करोड ५६ लाख ३२ हजार २ सय १६ रुपैयाँ आम्दानी गरेको छ। २४ करोड ६९ लाख १८ हजार ९३३ रुपैयाँ खर्च गरेको प्रतिवेदन अनुमोदन गरेको छ। 

यस्तै, विशेष साधारण सभाले आर्थिक वर्ष ०७९–८० को वार्षिक कार्यक्रम तथा बजेट पास गरेको छ। गत १० गते बसेको बैठकले पास गरेको प्रस्तावलाई साधारण सभाले पास गरेको छ।

एन्फाले चालु आर्थिक वर्षमा ९४ करोड ८ लाख ८ हजार ५ सय ८८ रुपैयाँ अनुमानित आय प्रस्तुत गर्दा ९२ करोड ५१ लाख ८२ हजार ४७० रुपैयाँ अनुमानित बजेट व्यवस्था गरेको छ। 

एन्फाले दिर्घकालिन योजना अनुसार ८ वर्षको योजना तयार पारेको छ। यस्तै, भौतिक पुर्वाधार अन्तर्गत यो कार्यसमितिले अबको ४ वर्षभित्र १० देखि १२ ठाउँमा टेक्निकल सेन्टर र कृतिम रगंशाला स्थापना गर्ने लगायतको भौतिक संरचना निमार्ण गर्ने निति पास गरेको छ। 

एन्फालाई व्यवसायिक बनाउन कर्मसियल, मार्केटिङ तथा बोर्डकास्टिङ स्टाटेजिक पार्टनरसिप बारेको रणनीतिक योजना पास गरेको छ। 

एन्फाको कार्यसमिति बैठकले विभिन्न समितिलाई पूर्णता दिएको निर्णयलाई अनुमोदन गरेको छ।

जसअन्सार अनुशासन समितिमा मोहन कुमार इम्नामको संयोजकत्वमा वसन्त खान उपाध्यक्ष र हेम कुमार राई, उमेशलाल प्रधान, रमेश नापित रहेको पाँच सदस्यीय समिति गठन गरेको छ।

यस्तै, सदाचार समितिमा उपेन्द्र केशरी न्यौपाने अध्यक्ष, उपाध्यक्षमा अजय कुमार घिमिरे तथा मदन बहादुर खपाङगी, बाबुकृष्ण महर्जन र मनिष आचार्य सदस्य रहेका छन्।

यस्तै, पुनरावेदन समितिको अध्यक्षमा अशोक कुमार पोखरेल, उपाध्यक्षमा गोवर्द्धनसिंह सम्झना सदस्यमा विश्वराज राई, उत्तम थापा र बिनोद बस्नेत रहेको पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .