ad ad

खेल


साबा महिला बास्केटबल च्याम्पियनसिपको उपविजेता बन्यो नेपाल

साबा महिला बास्केटबल च्याम्पियनसिपको उपविजेता बन्यो नेपाल

नेपालखबर
असोज १३, २०७९ बिहिबार ११:४९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला बास्केटबल टोली साबा महिला बास्केटबल च्याम्पियनसिपको उपविजेता बनेको छ। 

गएराति भएको राउण्ड रोविनको अन्तिम खेलमा श्रीलंकाले मालदिभ्सलाई ७२–५९ ले पराजित गरेपछि नेपाल दोस्रो पटक उपविजेतामा सीमित भएको छ। 

पहिलो खेलमा मालदिभ्ससँग ५१–४७ ले पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा लगातार जित निकालेको थियो। 

बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको थियो।

त्यसअघिको खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो। 

नेपाल यसअघि सन् २०१६ मा भएको पहिलो संस्करणमा पनि उपविजेता भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .