च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह सीअन्तर्गतको खेलमा बार्सिलोना इन्टर मिलानसँग १–० गोल अन्तरले पराजित भएको छ।
मंगलबारको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा इन्टर मिलानका हाकान कल्हानोग्लुले गरेको गोल नै खेलको लागि निर्णायक बन्न पुग्यो।
यससँगै बार्सिलोनाले समूह सीमा ३ खेलबाट ३ अंक मात्र जोडेको छ।
बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा यो लगातार दोस्रो हार हो। यसअघि बार्सिलोना बार्यन म्युनिखसँग पराजित भएको थियो।
105
Shares
प्रतिक्रिया