ad ad

खेल


विश्वकप आयोजना गर्न स्पेन र पोर्चुगलसँगै युक्रेनको दाबी

विश्वकप आयोजना गर्न स्पेन र पोर्चुगलसँगै युक्रेनको दाबी

नेपालखबर
असोज २०, २०७९ बिहिबार ८:४०, काठमाडौँ

सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताका आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले दाबी गरेका छन्। 

स्पेन र पोर्चुगलले विश्वकप आयोजना गर्न अघिल्लो वर्ष नै संयुक्त दाबी गरेको अवस्थामा अहिले सह-आयोजकका रुपमा युक्रेनले पनि आफूलाई उभ्याएको हो।

यससँगै विश्वकप आयोजनाका लागि स्पेन,पोर्चुगल र युक्रेनले फिफासमक्ष संयुक्त दाबी पेश गर्दैछन्।

सन् २०३० को विश्वकपका लागि अन्य राष्ट्रको पनि दाबी आएको छ। सन् २०३० को विश्वकप आयोजका राष्ट्र फिफाले सन् २०२४ मा घोषणा गर्दैछ।

सन् २०२२ को विश्वकप कतारमा हुँदैछ। सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .