नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलका खेलहरु सोमबारदेखि सुरु हुँदैछ। सोमबारबाट सुरु हुने खेलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल आर्मी भिड्नेछन्। महिलातर्फ भने प्रदेश १ र कर्णाली प्रदेश भिड्नेछन्।
प्रतियोगितामा पुरुषतर्फ पहिलो तेस्रो दिन ५ खेल हुनेछ भने दोस्रो र चौथो दिन समान ३ खेल हुनेछ।
उता महिलातर्फ पनि पहिलो तेस्रो दिन ५ खेल हुनेछ भने दोस्रो र चौथो दिन समान ३ खेल हुनेछ।
खेल तालिका अनुसार पुरुषतर्फ समुह ए मा आयोजक गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह बि मा एपिएफ, लुम्बीनी, प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश रहेका छन्।
महिला तर्फ समुह ए मा एपीएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश तथा समूह बी मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन्।
समुहका शीर्ष २ टोलीले फाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताका सबै खेलहरु पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा हुनेछ।
Shares
प्रतिक्रिया