नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सोमबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ।
खेलमा पुलिस क्लबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा हुने खेल १६ ओभरमा छोट्टाईएको छ।
हिलो मैदान र मौसमले अम्पाएरहरुले मैदान निरिक्षण गरेपश्चात खेल ४ ओभर घटाउने निर्णय गरेका हुन्।
१ घण्टा ढिला सुरु हुन लागेको खेल सवा १० बजेबाट सुरु हुँदैछ।
समुह 'बी'मा रहेका दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन्।
आजै हुने दोस्रो खेलमा प्रदेश १ र लुम्बिनी प्रदेश भिड्नेछन्।
यसअघि आइतबार भएको खेलमा मधेस प्रदेश र बागमती प्रदेशले विजय सुरुवात गरेका छन्।
39
Shares
प्रतिक्रिया