विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसामु जितका लागि १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पोखरा रगंशालामा रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको हो।
पुलिस क्लबले पहिलो विकेटका लागि काजल श्रेष्ठ र कविता कुँवरले ३३ रनको साझेदारी गरे। कविताले १४ बलमा ३ चौका हान्दै १६ रन जोडिन्। उनी अन्जु गुरुङको बलमा बोल्ड आउट भइन्।
ओपनर काजल श्रेष्ठ १६ रन बनाउादा लामो सट खेल्ने धुनमा पवेलियन फर्किईन्।
१६ बलको सामना गरेकी काजलले २ चौका हानिन्। पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन थपिन्। २१ बलको सामना गरेकी उनले २ चौका हानिन्।
रेवती धामी १४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। अप्सरी बेगम ४ रनमा क्याच आउट भइन्। कविता जोशी ८ रनमा रन आउट भइन्। कप्तान रुविना क्षत्री ५ र संगीता राई ४ रनमा नटआउट रहे।
कर्णाली प्रदेशका लागि अञ्जु तामाङ एक्लैले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा २४ रन खर्चिईन्। बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट झारिन्।
Shares
प्रतिक्रिया