ad ad

खेल


टी२० विश्वकपमा आयरल्याण्डमाथि श्रीलंकाको सहज जित

टी२० विश्वकपमा आयरल्याण्डमाथि श्रीलंकाको सहज जित

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १३:२, काठमाडौँ

अष्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको सहज जित हात पारेको छ।

आयरल्याण्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा एक विकेटको क्षतिमा १३३ रन बनाउँदै पूरा गरेको हो। 

श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ६८ रनको पाली खेलेका थिए। त्यस्तै धनञ्जय डि सिल्भा र चरिथ असालान्काले समान ३१/३१ रनको पाली खेलेका थिए। 

यसअघि ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४५ तथा पाउल स्टर्लिङले ३४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन भने गर्न सकेनन्। श्रीलंकाका लागि महीश थीक्सना र वानिन्दु हशरंगा डि सिल्भाले समान २/२ विकेट लिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .