युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफ टिरास्पोलमाथि ३–० गोल अन्तरले जित हात पारेको छ।
बिहीबार भएको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको ४४ औं मिनेटमा डिओगो डालोटले सुरुवाती गोल गरेका थिए भने ६५ औं मिनेटमा मार्कस रासफोर्डले गोल गरे।
त्यस्तै खेलको ८१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अर्को एक गोल थपे।
यससँगै समूह ई मा रहेको युनाइटेडले ५ खेलबाट १२ अंक हात पारेको छ।
समूहको शीर्षस्थानमा रहेको रियल सोसिएडले समान खेलबाट १५ अंक हात पारेको छ।
96
Shares
प्रतिक्रिया