अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा नेदरल्याण्ड्सले जिम्बाबेमाथि ५ विकेटको जित हात पारेको छ।
जिम्बाबेले दिएको ११८ रनको सहज लक्ष्य नेदरल्याण्ड्सले १८ ओभर खेल्दै ५ विकेटको क्षतिमा १२० रन बनाउँदै पूरा गरेको हो।
नेदरल्याण्ड्सलाई जित दिलाउने क्रममा म्याक्सवेल प्याट्रिक ओ’डोडले ५२ तथा टोम कूपरले ३२ रनको पाली खेले। जिम्बाबेका रिचार्ड एनगारभा र ब्लेसिङ मुजारबानीले समान २/२ विकेट लिए पनि टोलीलाई जित भने दिलाउन सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेको १९ ओभर २ बलमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो। जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक ४० रन बनाएका थिए भने सिन विलियम्सले २८ रन बनाए। जिम्बाबेलाई रोक्ने क्रममा पाउल भान मीकेरेनले ३ तथा ब्रान्डन ग्लोभर, लोगन भान बीक र बास डी लीडले समान २/२ विकेट लिएका थिए।
Shares
प्रतिक्रिया