आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ।
नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाएर भेट्टायो।
स्कटल्याण्डको जितमा क्रिस्टोफर एम म्याकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ४७ बलमा ७ चौका हाने। माइकल लीस्क २२, जर्ज मुन्से १७ र म्याथु क्रसले १३ रन बनाए।
ब्रान्डन एम मुलेन ३२ रनमा नटआउट रहे।
नेपालका सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए। दिपेन्द्र सिंह एरिको नाममा एक विकेट रह्यो।
त्यसअघि नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अलआउट भयो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए। २९ बलमा ३ चौका र १ छक्का हानेका उनी एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के।
ओपनर अर्जुन साउद १८ बलमा रनआउट भए। अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले २५ रन थपे। रोहित पौडेल १७ रनमा क्याच आउट भए।
स्कटल्यान्डका क्रिस सोलले सर्वाधिक ३ विकेट झारे। मार्क वाट्ले २ विकेट लिए। ब्रेन्डन म्याकमुलेन, शफ्यान शरिफ र माइकल लिस्कको नाममा एक एक विकेट रह्यो।
सिरिज अन्तर्गत नामिबियासँगको पहिलो खेल भने वर्षाका कारण दुवै टोलीले अंक बाँडेका थिए।
Shares
प्रतिक्रिया