भारतिय आइ लिग खेल्न राष्टिय महिला फुटबल टोली तथा एपीएफ फुटबल क्लबका ३ खेलाडी भारत पुगेका छन्।
आइ लिग खेल्न राष्टिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतिय लिग खेल्न भारत पुगेका हुन्।
आइलिगमा साम्बाले गोकुलम केरला एफसीबाट खेल्नेछिन्। दोस्रो सिजन सेथुमा आवद्ध साम्बाले अघिल्लो सिजन टोलीलाई च्याम्पियन बनाउँदा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। त्यसअघि सेथु एफसीमा आवद्ध हुँदा पनि उनले टोलीलाई च्याम्पियन बनाएकी थिइन्।
एन्जिला र गिताले भने सेथु एफसीबाट आइ लिग खेल्नेछन्। एञ्जिला र गीता पहिलो पटक आइलिग खेल्न लागेका हुन्।
आइ लिग माघ १ गते देखि फागुन ३ गते सम्म केरेलामा हुनेछ।
60
Shares
प्रतिक्रिया