ad ad

खेल


लिग २ मा सर्वाधिक विकेट लिने दोस्रो स्थानमा सन्दीप

लिग २ मा सर्वाधिक विकेट लिने दोस्रो स्थानमा सन्दीप

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १९:५, काठमाडौँ

नेपाल र यूएईको नतिजासँगै आईसीसी लिग २ का खेल सकिएका छन्। नेपालले अन्तिम तीन सिरिजका १२ मध्ये ११ खेल जित्दै विश्वकप छनौटमा स्थान बनाएको छ। 

नेपालले घरेलु मैदानमा लगातार दोस्रो सिरिजमा क्लिवस्वीप गरेको हो। यसअघि स्कटल्याण्ड र नामिवियालाई दुवै खेलमा पराजित गरेको नेपालले यूएई र पपुवा न्युगिनीलाई पनि सबै खेलमा हराएको हो। 

अन्तिम १२ खेलअघि एक दिवशीय मान्यता नै धरापमा परेको नेपालले अन्तिम खेल अघि नै एक दिवशीयमा स्थान सुरुक्षित गरेको थियो। तर सिधै विश्वकप छनौट खेल्न भने अन्तिम खेल पनि जित्नै पर्ने दबाबमा थियो। 

दबाबकाबीच नेपालले युएईले बनाएको कीर्तिमानी लक्ष्य डीएल मेथोड अनुसार पूरा गर्यो। खराब मौसमका कारण पूरै ओभर खेल हुन नसकेपछि डीएल मेथोडबाट निर्णय लिँदा नेपाल ९ रनले विजयी भएको हो। 

तर यो ऐतिहासिक जितमा नेपाली बलरले खराब प्रदर्शन गर्दा ४ ब्याटरले पहिलो पटक एकै खेलमा अर्धसतक प्रहार गरे। कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले सानदार पारि खेल्दा नेपालको जित सम्भव भएको हो। 

युएईविरुद्धको निर्णायक खेलमा बलरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। लेग स्पिनिर सन्दीप लामिछाने भने यो खेलमा २ विकेट लिन नसक्दा विश्वकीर्तिमान बनाउन तत्काललाई चुके। १० ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिँदै ८० रन खर्चिए। 

अन्तिम खेलमा खराब प्रदर्शन गरे पनि लिग २ मा सर्वाधिक विकेट लिने बलरमा सन्दीप दोस्रो स्थानमा छन्। 

सन्दीपले ३१ खेलमा ७२ विकेट लिएका छन्। उनीभन्दा अगाडि ओमानका बिलाल खान छन्। बिलालले ३५ खेलमा सन्दीपभन्दा ४ विकेट बढी लिए।

करण केसी छैटौँ स्थानमा छन्। करणले ३० खेलमा ५० विकेट लिएका छन्। यूएईविरुद्धको अन्तिम खेलमा भने करण टोलीमा परेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .