खेल


नेपाल र वेस्ट इन्डिज ‘ए’ शृंखलाको इन्टरनेट साझेदारमा डिशहोम फाइबरनेट

नेपाल र वेस्ट इन्डिज ‘ए’ शृंखलाको इन्टरनेट साझेदारमा डिशहोम फाइबरनेट

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १७:३४, काठमाडौँ

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ऐतिहासिक टी–२० क्रिकेट शृंखलामा डिशहोम फाइबरनेट प्रायोजक छ।

डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो। कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्मबाट प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० शृंखला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ।

नेपाल र वेस्टइन्डिज दुवै टिम आउदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो शृंखला निकै नै महत्वपूर्ण रहेको छ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको शृंखला अन्तर्गत पहिलो खेल शनिबार हुनेछ।

दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ। सवै खेल मध्याह्न १२ बजेपछि सुरु हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .