ad ad

खेल


विश्वकप क्रिकेट फाइनल: भारतलाई सुरुवाती झड्का, शुबमन ४ रनमै आउट

विश्वकप क्रिकेट फाइनल: भारतलाई सुरुवाती झड्का, शुबमन ४ रनमै आउट

नेपालखबर
मंसिर ३, २०८० आइतबार १४:३८, काठमाडौँ

एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ।

भारतका ओपनर शुबमन गिल मात्रै चार रन बनाएर आउट भएका हुन्।

७ बल खेलेका गिल पाँचौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। मिचेल मार्सको बलमा एडम जाम्पाले क्याच गरे। 

भारतले ५ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ३७ रन बनाएको छ।

अहिले क्रिजमा कप्तान रोहित शर्मासँगै विराट कोहली आएका छन्। रोहितले २० बलमा ३१ रन जोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .