एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतका विराट कोहलीले अर्धसतक पूरा गरेका छन्। उनले ५६ बल खेल्दै चार चौकाको मद्दतमा ५० रन बनाएका हुन्।
जारी विश्वकपमा विराट कोहलीले सर्वाधिक रन बनाएका छन्। यही विश्वकपबाट सचिन तेन्दुल्करको सर्वाधिक सतकको कीर्तिमान समेत भंग गरेका छन्।
विराटले यसअघिका १० खेलमा ७११ रन जोडेका थिए। यसअघि उनले ३ सतक र ५ अर्धसतक प्रहार गरेका थिए। यो सँगै उनको ६ अर्धसतक पूरा भएको छ। फाइनको यो प्रदर्शनसँगै उनी सर्वाधिक रन बनाउने खेलाडी बन्ने सम्भावना बलियो बनेको छ।
गुजारतको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले २६ औं ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १३२ रन बनाएको छ।
57
Shares
प्रतिक्रिया