ad ad

खेल


भारतलाई एकपछि अर्काे झड्का लाग्न थालेपछि अम्पायर केटलब्रोको आलोचना

भारतलाई एकपछि अर्काे झड्का लाग्न थालेपछि अम्पायर केटलब्रोको आलोचना

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:४८, काठमाडौँ

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले चौथो विकेट गुमाएको छ।

२९औँ ओभरको तेस्रो बलमा विराट कोहली आउट भएका हुन्। 

६३ बल खेलेर ५४ रन बनाएका विराट आउट भएसँगै भारत दबाबमा परेको छ।

यसरी भारतलाई एकपछि अर्को झड्का लागेपछि सामाजिक सञ्जालमा म्याच अम्पायर रिचर्ड केटलब्रोको आलोचना सुरु भएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारत–अस्ट्रेलियाबीच जारी फाइनल खेलका बीच कतिपयले केटलब्रोलाई भारतीय टोलीका लागि दुर्भाग्यपूर्ण भनेका छन्।  

कतिपयले भने भारतीय टोलीले जित निकालेर यी सबै दाबीलाई गलत साबित गर्नुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .