ad ad

खेल


विश्वकप क्रिकेट : दबाबकाबीच राहुलको अर्धशतक

विश्वकप क्रिकेट : दबाबकाबीच राहुलको अर्धशतक

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:५४, काठमाडौँ

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतीय ब्याटर केएल राहुलले अर्धशतक पूरा गरेका छन्। राहुलले ८६ बलमा एक चौकाको मद्दतमा ५० रन बनाएका हुन्।

उनलाई रबिन्द्र जडेजाले क्रिजमा साथ दिइरहेका छन्।  

सुरुवाती विकेट नटिकेपछि दबाबमा परेको भारतका ब्याटर रन बटुल्न निक्कै संघर्ष गरिरहेका छन्। 

गुजारतको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले ३५ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १७३ रन बनाएको छ। 

यसअघि विराट कोहली ५४, रोहित शर्मा ४७ तथा श्रेयस ऐयर र शुबमन गिल समान ४ रनमा आउट भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .