ad ad

खेल


‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएर एक्कासि मैदान छिरेका व्यक्ति पक्राउ (भिडिओ)

‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएर एक्कासि मैदान छिरेका व्यक्ति पक्राउ (भिडिओ)

नेपालखबर
मंसिर ३, २०८० आइतबार १७:३०, काठमाडौँ

भारत–अस्ट्रेलियाबीच विश्वकपको फाइनल खेल चलिरहेका बेला एक्कासि रंगशालामा प्रवेश गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई अहमदाबादको चाँदखेडा प्रहरी चौकीमा लगिएको हो। 

उनी खेल चलिरहेका बेला ‘फ्रि प्यालेस्टाइन’ लेखेको टी–सर्ट लगाए र झण्डा बोकेर मैदानमा विराट कोहलीको नजिक आएका थिए।

समाचार एजेन्सी एएनआईले सोसल मिडिया प्लेटफर्म एक्समा  भिडिओ पोस्ट गरेको छ, जसमा ती व्यक्तिलाई प्रहरीले पक्रेको छ।

भिडिओमा ती व्यक्तिले आफ्नो नाम जोनसन बताइरहेका छन्। उनले आफू अस्ट्रेलियाबाट आएको र मैदानमा विराट कोहलीलाई भेट्न गएको बताएका छन्। 

उनले आफू प्यालेस्टाइनको समर्थक भएको बताएका छन्। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .