आईसीसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो सिरिज नेपालले आगामी फागनुमा घरेलु मैदानमा नै खेल्ने भएको छ। फागुनमा हुने लिग–२ अन्तर्गत पहिलो सिरिजमा नेपालले नेदरल्याण्डस् र नामिबियासँग खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नामिबिया र नेदरल्याण्डस्सँग घरेलु मैदानमा खेल्दै लिग–२ को सुरुवात गर्ने जनाएको हो।
सिरिज आगामी फागुन ५ गतेदेखि सुरु हुनेछ। नेदरल्याण्ड यो पटक सुपर १२ बाट लिग २ मा झरेको टोली हो।
लिग–२ मा नेपालसँगै यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस्, नामिबिया, अमेरिका र क्यानडा छन्। नेपालले हरेक टोलीसँग होम एण्ड अवे आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ।
294
Shares
प्रतिक्रिया