चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले पाँच खेलको टी–२० सिरिजमा अपराजित अग्रता लिएको छ।
योसँगै भारतीय टोलीले सिरिजमा ३–१ को अग्रता बनाएको छ।
रायपुरस्थित सहिद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको भारतले १७४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको टोली १ सय ५४ रनमा समेटिएको थियो र यो खेलसँगै सिरिज हारेको थियो।
भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए।
यशस्वी जैसवालले ३७ र जितेश शर्माले ३५ रनको योगदान दिए।
रुतुराज गायकवाड ३२ रन बनाएर आउट भए।
अस्ट्रेलियाका लागि बेन डावरिसले ३ तथा तनवीर संघा र जेसन बेहरेनडर्फले २/२ विकेट लिए।
An excellent bowling display in Raipur 🙌#TeamIndia take a 3⃣-1⃣ lead in the T20I series with one match to go 👏👏
— BCCI (@BCCI) December 1, 2023
Scorecard ▶️ https://t.co/iGmZmBsSDt#INDvAUS | @IDFCFIRSTBank pic.twitter.com/2kc2WsYo2T
Shares
प्रतिक्रिया