ad ad

खेल


एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:१५, काठमाडौँ

एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली आज बुधबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ। 

अघिल्लो महिना भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ।
 
प्रिमियर कप जित्ने टोलीबाट ३ खेलाडी समेट्दै मुख्य प्रशिक्षक जगत टमाटाले १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन्। 

मुख्य प्रशिक्षक टमाटाले अलराउण्डर गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राज भण्डारीलाई समेट्दै नयाँ टोली बनाएका हु्न्। 

यी खेलाडीले एसिया कपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दिपक बोहरा भने टोलीमा अटाउन सकेनन्। 

एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएईछन्।  

नेपालले समूह चरणको पहिलो खेलमा २२ गते पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ। दोस्रो खेलमा २४ गते अफगानिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा २६ गते भारतसँग खेल्नेछ। 

शीर्ष २ मा रहन सके नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ। एसिया कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन। 

समूह चरणमा नेपालले आफ्नो सबै खेल आइसीसी एकेडेमी ओभल–२ मा खेल्नेछ। मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ। फाइनल खेल पुष १ गते हुनेछ। 
एसिया कप मंसिर २२ देखि पुष १ गतेसम्म चल्नेछ। 

एसिया कप खेल्ने नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .