नेपाल सुपर लिग–२ अन्तर्गत शुक्रबार हुने खेलमा झापा एफसी र वीरगन्ज युनाइटेड भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिगमा चौथो खेल खेल्न लागेका झापा र वीरगन्जले जितको स्वाद लिन पाएका छैनन्। आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।
अंक तालिकाको पुछारमा रहेका झापा र वीरगन्ज दुवै टोली वरियता सुधार गर्न चाहन्छन्। लिगका ३ खेलमध्ये दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको झापा २ अंकमा तालिकाको आटौँ स्थानमा छ।
उता समान खेलबाट १ अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। वीरगन्जले एक खेलमा बराबरी गर्दा दुई खेलमा हार भोगेको छ।
9
Shares
प्रतिक्रिया