एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध १ सय रन कटाएको छ।
दुबईको आइसीसी एकेडेमी ओभल २ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३१ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा मात्र १ सय ८ बनाएर खेलिरहेको छ।
एक समय १७ ओभरको समाप्तीमा ४६–५ को अवस्थामा रहेको नेपालका लागि उत्तम थापा मगर र दिपेश कँडेललेको नेपालको इनिङस् सम्हालिरहेका छन्।
उत्तम र दिपेशले छैटौँ विकेटका लागि ८५ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालिरहेका छन्।
उत्तम ५५ बलमा २ चौका र २ छक्का हान्दै ३४ रनमा नटआउट छन्। दिपेशले ५० बलमा २ चौका र १ छक्का हान्दै २७ रनमा नटआउट छन्।
ओपनर अर्जुन कुमाल २१ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका अर्जुन २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट भए।
त्यसअघि १२ औं ओभरको चौथो बलमा कप्तान देव शुन्य रनमा क्याच आउट भए। १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे।
अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए। आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो।
७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे।
पाकिस्तानका लागि मोहम्मद जेसनले दुई विकेट पलए। अमिर हसन, अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।
Shares
प्रतिक्रिया