ad ad

खेल


यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:१५, काठमाडौँ

एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल-२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले भारतविरुद्धको खेलमा दुई परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक जगत टमाटाले अफगानिस्तासँगको टोलीबाट विपिन रावल र आकाश त्रिपाठीलाई बेन्चमा राखेका छन्।

विपिनको स्थानमा दीपक डुम्रे तथा आकाश त्रिपाठीको स्थानमा आक्रामक ब्याटर दीपक बोहरालाई सुरुआती ११ मा राखेको छ।

दुबईको आईसीसी एकेडेमी ओभल-२ मा भइरहेको खेल सवा ११ बजे सुरु भएको हो।

समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जीवित छ। 

समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ। 

अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो। 

नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो। 

नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ। 

समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन्। सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ। 

समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अंकमा शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेका भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ। 

लगातार दुई खेलमा हार भोगेको नेपाल भने अंक विहीनरुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .