एसीसी यू-१९ एसिया कपअन्तर्गत जारी खेलमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका उत्तम थापा मगर सातौं ओभरको दोस्रो बलमा एलबीडब्ल्यू धरापमा परे। ७ बलमा शून्य रन बनाएका उत्तम राज लिम्बानीको बलमा एलबीडब्ल्यू धरापमा गरे।
त्यसअघि पाँचौ ओभरको पहिलो बलमा दीपक बोहोरा १ रन बनाउँदा क्याच आउट भए। ११ बलमा १ रन बनाएका दीपक राज लिम्बानीको बलमा अभानिसको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा अर्जुन कुमाल ७ र कप्तान देव थापा शून्य रनमा नटआउट छन्।
दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले सातौं ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ।
नेपालले भारतविरुद्धको खेलमा दुई परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक जगत् टमाटाले अफगानिस्तासँगको टोलीबाट विपिन रावल र आकाश त्रिपाठीलाई बेन्चमा राखेका छन्।
विपिनको स्थानमा दीपक डुम्रे तथा आकाश त्रिपाठीको स्थानमा आक्रामक ब्याटर दीपक बोहरालाई सुरुवाती ११ मा राखेको छ।
Shares
प्रतिक्रिया