नेपाल सुपर लिग (एनएसएल) को आफ्नो पाँचौं खेलमा आएर झापा एफसीले पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै झापाले लिगमा पहिलो जितको स्वाद लिन पाएको हो।
झापाले पहिलो जित दर्ता गरेको दिन भने बुटवलले भने लिगमा तेस्रो हार व्यहोरेको छ। जितसँगै झापा ६ अंकमा अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ।
झापाको जितमा जर्ज सान्चेजले गरेको गोल नै निर्णायक बन्यो।
खेलको इन्ज्युरी समयमा झापाका समन्दर ओचिलोभको फ्रिकीकमा प्रदिप लामाको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।
खेलको ८३ औँ मिनेटमा आवास लामिछानेले दिएको पासमा सान्चेजको प्रहार क्रसबारमा लाग्दै बाहिरियो त्यसकै रिबाउण्डमा समिराज थोकरको हेडर प्रहार गोलरक्षक मोहमोदोउले उत्कृष्ट बचाउ गर्दा झापाले अग्रता दोब्बर पार्ने मौका गुमायो।
७५ औँ मिनेटमा एरिक विष्टको प्रहार आकाशियो। ७३ औँ मिनेटमा बुटवलका स्टेफन समिरको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा बराबरीको मौका गुमायो। ६९ मिनेटमा एरिक विष्टको फ्रिकीक झापाका गोलरक्षकले सहजै जोगाए।
खेलको ३९ औँ मिनेटमा जर्ज सान्चेजको गोलमा झापाले सुरुवाती अग्रता बनाएको थियो। अञ्जन विष्टले दिएको लामो पासलाई सदुपयोग गर्दै जान्चेजले दुई डिफेन्डर र गोलरक्षक मोहमोलोउलाई समेत छलाउँदै सुन्दर गोल गरे।
२० औँ मिनेटमा डिबक्स लाइनबाट अञ्जन विष्टको प्रहार बुटवलका मोहमोडोउले बचाएपनि त्यसकै रिबाण्डमा लक्ष्मण रुचालको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा झापाले अग्रता बनाउने सुन्दर मौका गुमायो।
१७ औँ मिनेटमा झापाका सुदिप श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।
१३ औँ मिनेटमा बुटवलका सेर्जे सङले डिबक्स भित्रबाट गरेको प्रहार सेकेण्डबारमा लाग्दै फर्कियो त्यसकै रिबाउण्डमा उनको दोस्रो प्रयास झापाका गोलरक्षक स्टेफन कुपिकले बचाए।
लिगमा बुधबार स्पोर्टिङ इलाम एफसी र विरगञ्ज युनाइटेड एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया