टर्कीको अंकारा सहरमा भएको फुटबल प्रतियोगितामा रेफ्रीलाई कुटपिट भएपछि लिगका सबै खेल स्थगन गरिएको छ।
मंगलबार जयकुर रिजेस्पोर र एमकेई अंकारागुकु क्लबबीचको खेल बराबरीमा सकिएको थियो।
यसपछि एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोजाले मैदानमा दौडेर गई रेफ्रीलाई मुक्का हाने। टोलीका समर्थकहरूले पनि मैदानमा आएर रेफ्रीलाई कुटपिट गरेका थिए।
यसपछि लिगका अन्य खेल तत्काललाई रोकिएको छ। रेफ्री हलिल उमुत मेलर अस्पताल भर्ना भएका छन्।
135
Shares
प्रतिक्रिया