ad ad

खेल


एनएसएलमा आज वीरगन्ज र इलाम भिड्दै

एनएसएलमा आज वीरगन्ज र इलाम भिड्दै

नेपालखबर
मंसिर २७, २०८० बुधबार ११:३६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा बुधबार अंक तालिकाका पुछारमा रहेका वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसी भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। 

लिगमा जितविहीन वीरगन्ज आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

वीरगन्जले लिगका चार खेलमध्ये २ खेलमा बराबरी र दुई खेलमा हारको नतिजा ल्याएको छ।

वीरगन्ज लिगका ४ खेलमा २ अंक जोड्दै पुछारमा छ। 

इलामले आफ्ना ५ खेलमा १ खेलमा जित, १ खेलमा बराबरी गरेको छ भने तीन खेलमा हार भोगेको छ। 

लिगका ५ खेलबाट ४ अंक जोडेको इलाम चार अंकका साथ आठौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .