नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार दुई खेल हुँदै छन्।
मंगलबार दिउँसो हुने पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
नव प्रवेशी इलाम भने एनएसएलको सुखद अन्त्य गर्न चाहन्छ। यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेको इलाम आज अन्तिम खेल खेल्दै छ।
इलामले लिगका ७ खेलमा १ खेलमा मात्र जित हासिल गरेको छ। २ खेलमा बराबरी र चार खेलमा हार भोगेको इलामले ५ अंक बनाएको छ।
ललितपुर आजको खेलमा इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लँदै प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।
तेस्रो स्थानमा रहेको ललितपुरको ६ खेलबाट १० अंक बनाएको छ। शीर्ष स्थानको धनगढीको समान ६ खेलमा १२ अंक छ।
आजैको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
पोखरा ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा रहँदा बुटवल भने समान ६ खेलमा ७ अंक जोड्दै छैटाैँ स्थानमा छ।
बुटवल आजको खेल जित्दै प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ।
Shares
प्रतिक्रिया