इन्डियन प्रिमियर लिगको जारी लिलामीमा अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्क सबैभन्दा महंगा खेलाडी बनेका छन्।
उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा खरिद गरेको छ।
मंगलबार नै अस्ट्रेलियाली कप्तान प्याट कमिन्सलाई २०.५० करोड भारुमा सनराइजर्स हैदरावादले खरिद गरेको हो।
तर, दिन नसकिँदै स्टार्क उनीभन्दा महंगा खेलाडी बनेका हुन्।
यसअघि साम करन आईपीएलका महंगा खेलाडी थिए। उनलाई पञ्जाब किङ एलेभेन्सले १८.५० करोडमा किनेको थियो।
954
Shares
प्रतिक्रिया