इन्डियन प्रिमियर लिगको मंगलबार जारी लिलामीमा अस्ट्रेलियाका बलर मिचेल स्ट्राक अहिलेसम्मकै महँगो खेलाडी भएका छन्।
आईपीएल २०२४ को लिलामीका क्रममा अस्ट्रेलियन बलर स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख रुपैयाँमा किनेको हो।
मंगलबार जारी लिलामीका क्रममा केही बेरअघि मात्रै यो रेकर्ड अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको नाममा थियो। उनलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो।
उनले हालै अस्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपका उपाधि दिलाएका थिए। उनीभन्दा अघि साम करन आईपीएलका महँगा खेलाडी थिए।
उनलाई पञ्जाब किङ्स एलेभेन्सले १८.५० करोडमा किनेको थियो। कमिन्सलाई यसअघि २०२० मा कोलाकाता नाइट राइडर्सले १५.५ करोडमा किनेको थियो।
117
Shares
प्रतिक्रिया