नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्स र एफसी बुटवल लुम्बिनीबीचको पहिलो हाफ बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबारको दोस्रो खेलमा पोखरा र बुटवलले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
खेलको २३ औं मिनेटमा बुटवलका जितेश गुरुङको प्रहार सिधै पोखराका गोलरक्षक प्रिसोको हातमा पुग्यो।
२५ औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकीक फ्र्याकलिन कुइटे टालाको हेडर बाहिरियो।
२८ औं मिनेटमा बुटवलका पासाङ लामाको क्रसमा स्टेफन समिर विनोङको हेडर आकाशियो। ३४ औं मिनेटमा पोखराका मोसेस ग्याबाले डिबक्स भित्रबाट हानेको प्रहार बुटवलका गोलरक्षक मोहमोदोउले सहजै नियन्त्रणमा लिए।
४४ औं मिनेटमा सुरज जिउ ठकुरीको कर्नरमा दिनेश राजवंशीको हेडरमा टालाको फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो।
पहिलो हाफको इन्ज्युरी समयमा आयुष घलानको क्रसमा दिपशे आले मगरको शसक्त प्रहार बुटवलका गोलरक्षकले सहजै जोगाए।
पोखराले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। बुटवलले जित निकालेको अवस्थामा प्ले अफ सम्भावना बलियो बनाउनेछ।
Shares
प्रतिक्रिया