ad ad

खेल


पोखरा एनएसएलको प्लेअफमा, लुम्बिनीको सम्भावना कठिन

पोखरा एनएसएलको प्लेअफमा, लुम्बिनीको सम्भावना कठिन

नेपालखबर
पुस ३, २०८० मंगलबार १९:१०, काठमाडौँ

एफसी बुटवल लुम्बिनीलाई पराजित गर्दै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा स्थान बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबारको दोस्रो खेलमा बुटवललाई १–० गोल अन्तरले हराउँदै पोखराले १ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो। एनएसएलको प्ले अफमा पुग्ने पोखरा पहिलो टोली हो।

लिगमा सात खेल खेलेको पोखराले चार खेलमा जित, तिन खेलमा बराबरी र १ खेलमा हार भोग्दै १४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लेको छ। 

पोखरासँगको हारले भने बुटवलको हातबाट प्लेअफको सम्भावना लगभग फुस्कीएको छ। पोखराले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेलमा जित निकाल्नुपर्नेका साथै अन्य खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ। 

लिगमा पोखरा र बुटवलले समुह चरणमा आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। पोखराले अन्तिम खेलमा साविक उपविजेता भनगढीको सामना गर्नेछ। बुटवलले भने विरगन्ज युनाइटेडसँग खेल्ने तालिका छ। 

गोलका लागि निकै संर्घष गरेको पोखराले गोलका लागि इन्ज्युरी समयसम्म पर्खनु परेको थियो। 

खेलको इन्ज्युरी समयमा मोसेस ग्याबाको निर्णायक गोलमा पोखराले अग्रता बनाएको थियो। आयुष घलानको थ्रु बलमा मोसेसले बललाई सिधै पोष्टको जाली चुमाएका थिए। 

८६औँ मिनेटमा डिबक्स बाहिरबाट जोड इडोको प्रहार क्रसबारको माथिबाट बाहिरिदा पोखराले अग्रत बनाउने सुन्दर मौका गुमायो। 

७७औँ मिनेटमा कप्तान एरिक विष्टको फ्रिकीक बाहिरियो। ७४ औँ मिनेटमा एरिक विष्टको फ्रिकीक पोखराका गोलरक्षकले सिधै नियन्त्रणमा लिए। ६५ औँ मिनेटमा पोखराका एञ्जल महर्जनको क्रसमा मोसेसको हेडर आकाशियो। 

५५औँ मिनेटमा आयुष घलानको कर्नर बुटवलका गोलरक्षक मोहमादोउले अघि बढ्दै पन्च गरे त्यही बललाई पोखराका मोसेस ग्याबाको हेडर खाली पोष्टको माथिबाट आकाशिदा पोखराले अग्रता बनाउने सुन्दर अवसर गुमायो। 

४९औँ मिनेटमा जिलेस्पी जंग कार्कीले मिलाएको पासमा निराजन धामीले पोखराका डिफेन्डर एञ्जल धामीलाई काटेपछि डिबक्स भित्रबाट जिलेस्पीजे नै गरेको प्रहार पोखराका गोलरक्षक प्रिसोले सहजै नियन्त्रणमा लिए। 

पहिलो हाफको २३औँ मिनेटमा बुटवलका जितेश गुरुङको प्रहार सिधै पोखराका गोलरक्षक प्रिसोको हातमा पुग्यो। 

२५औँ मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकीक फ्र्याकलिन कुइटे टालाको हेडर बाहिरियो। 

२८ औँ मिनेटमा बुटवलका पासाङ लामाको क्रसमा स्टेफन समिर विनोङको हेडर आकाशियो। ३४ औँ मिनेटमा पोखराका मोसेस ग्याबाले डिबक्स भित्रबाट हानेको प्रहार बुटवलका गोलरक्षक मोहमोदोउले सहजै नियन्त्रणमा लिए। 

४४औँ मिनेटमा सुरज जिउ ठकुरीको कर्नरमा दिनेश राजवंशीको हेडरमा टालाको फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो। पहिलो हाफको इन्ज्युरी समयमा आयुष घलानको क्रसमा दिपशे आले मगरको शसक्त प्रहार बुटवलका गोलरक्षकले सहजै जोगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .