इङ्ल्यान्ड क्रिकेट टोलीका स्पिनर आदिल राशिद आईसीसी टी–२० खेलाडीको वरीयतामा पहिलो स्थानमा उक्लिएका छन्।
वेस्ट इन्डिज र इंग्ल्यान्डबीच जारी पाँच खेलको टी–२० सिरिजमा दुवै टोलीले २–२ खेल जितेका छन्। एक खेल खेल्न बाँकी छ।
यस सिरिजमा राशिदको प्रदर्शन निकै राम्रो छ। रसिदले गत साता भएका तीन खेलमा पाँच विकेट लिएका छन्।
यो प्रदर्शनसँगै उनी अफगानिस्तानका राशिद खान र भारतका रवि बिश्नोईलाई पछि पार्दै करियरमा पहिलोपटक बलरको सूचीमा पहिलो स्थानमा पुगेका हुन्।
राशिद पछिल्लोपटक सेप्टेम्बर २०२३ मा दोस्रो स्थानमा थिए।
75
Shares
प्रतिक्रिया