स्पेनिस ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धामा बार्सिलोनाले अल्मेरियाविरुद्ध ३–२ को संघर्षपूर्ण जित हासिल गरेको हो।
यो जितसँगै बार्सिलोना १८ खेलबाट ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित अल्मेरिया भने पुछारमा छ।
ला लिगामा ४४ अंकसहित जिरोना शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ। शीर्ष दुवै टोलीले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन्।
ला लिगाअन्तर्गत बुधबार रातिकै अर्काे खेलमा भिल्ला रियलले सेल्टाभिगोलाई ३–२ गोल अन्तरले जितेको छ। जितसँगै भिल्लारियल १९ अंकसहित तालिकाको १३औँ स्थानमा छ भने पराजित सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा छ।
यस्तै एथ्लेटिको बिलबाओले लस पालमसविरुद्ध १–० को जित हासिल गरेको छ। जितसँगै एथ्लेटिको बिलबाओ तालिकाको पाँचौँ स्थानमा छ भने पराजित लस पालमस नवौँ स्थानमा छ।
Shares
प्रतिक्रिया