खेल


विराट गोल्डकप : एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

विराट गोल्डकप : एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

नेपालखबर
चैत १९, २०८० सोमबार ६:५१, काठमाडौँ

भारत सिक्किमको डे«गन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा डे«गन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो।  

 सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए । यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए। 

मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पु¥याएका थिए।
     
निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पु¥याएका थिए। उनी आजको खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । तामाङले रु ११ हजार पुरस्कार प्राप्त गरे। 

सोमबार चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .