खेल


आयरल्यान्ड उल्भसविरुद्ध आरिफ शेखले बनाए अर्धशतक

आयरल्यान्ड उल्भसविरुद्ध आरिफ शेखले बनाए अर्धशतक

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १९, २०८० सोमबार १४:१३, काठमाडौँ

आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ का आरिफ शेखले अर्धशतक बनाएका छन्। 

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाल ‘ए’ का लागि आरिफले २९ बलमा ३ छक्का र ३ चौका मद्दतमा ५० रन पूरा गरेका हुन्।

आरिफले अर्धशतक बनाएसँगै १४ ओभर खेलेको नेपाले ६ विकेटको क्षतिमा १२२ रन बनाइसकेको छ।

पछिल्लो पटक पवन सर्राफ र नारायण जोशी लगातार आउट भएका छन्। पवन १२ बलमा १३ रन नारायण जोशी १ बलमा १ रन बनाउँदै आउट भए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .