ad ad

खेल


काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

नेपालखबर
साउन २३, २०८१ बुधबार ११:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।

उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो।

नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ। 

उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो।

लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ।

भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .